
राप्ती नगरपालिका वडा नं. ४ मा गर्भवती तथा सुत्केरी पोषण भत्ता कार्यक्रम सम्पन्न भएको छ।
बिहिवार एक कार्यक्रम आयोजना गरि वडा भरि रहेका ४० जना गर्भवती तथा सुत्केरीलाई पोषण भत्ता वितरण गरिएको हो।
श्रावण देखि मंसिर सम्म गर्भवती तथा सुत्केरी भएका महिलाहरुले रु. २५०० भत्ता प्राप्त गरेका छन्।
भत्ता वितरण कार्यक्रममा स्वास्थ स्वयंसेविका उर्मिला ओली र शशिला गौतम वडा अध्यक्ष शम्शेर लामा तथा वडा सदस्यहरु रमा पराजुली, मायानाथ सेढाई, रमिता परियार वडा सचिव सुस्मा पुडासैनी र वडा कर्मचारीहरुको उपस्थिति रहेको थियो।