बिबस पाठकको लेखन तथा निर्देशनमा ‘ह्याप्पी होली’ लघु चलचित्र सार्वजनिक भएको छ। होली पर्वलाई लक्षित गर्दै लघु चलचित्र सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।

मुख्यगरि होलीको रौनकलाई परिवेश बनाएर छायांकन गरिएको लघु चलचित्रमा देवेन्द्र कैदी पुरुष, हरि प्रसाद न्यौपाने, गोबिन कंडेल, अमृता घिमिरे, तुलसी कडेल, विनिता कडेल, सविना कडेल, प्रदीप सापकोटा, मोहन हरी कोईराला, भोजनारायण कँडेल, सुशिला घिमिरे, अनिता पोख्रेल, रविन न्यौपाने, विजय सापकोटा, दिपक गौतम कलाकारहरुको प्रस्तुति रहेको छ।

उक्त लघु चलचित्रको निर्माता संकल्प लामिछाने हुन् भने पोष्ट प्रोडक्सन मितेरी फिल्मले गरेको छ। ‘पहिलो पाइला अनलाइन टिभी’युटुब च्यानलमा यो लघु चलचित्र हेर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार