
पूर्वी चितवनको राप्ती नगरपालिकाको पूर्व र पश्चिम प्रवेशद्वारमा राप्ती जेसिजले होर्डिङ बोर्ड राखेको छ। नगरपालिकाको पूर्वी सिमाना लोथरमा र पश्चिमी सिमाना खुरखुरेमा बोर्ड राखिएको राप्ती जेसिजका कोषाध्यक्ष अभियान पाठकले बताउनु भएको छ।
नगरपालिकामा प्रवेश गर्दा स्वागत र सिमाना सकिदाँ धन्यवाद व्यक्त गरिएको बोर्ड राखिएको हो। बोर्डमा ‘तीव्र गति जीवनको क्षति’, ‘सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ ‘ जस्ता चेतनामूलक नारा पनि लेखिएको छ। यसले ट्राफिक नियममा सहयोग पुग्ने ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीले बताउनुभयो।
युवा नेतृत्व विकास तथा सामाजिक कार्यमा आफ्नो दायित्व पूरा गर्दै आएको राप्ती जेसिजले थप एक उदाहरणीय कार्य गरेको पनि उहाँले बताउनु भयो।
उक्त बोर्डलाई आर के ब्रदर्श कंक्रिट उद्योग, राप्ती सेनेटरी सप्लायर्स र गौतम मेडिकलले सौजन्य गरेको हो।
राप्ती जेसिजका अध्यक्ष दिनेश सेढाई, कार्यकारिणी उपाध्यक्ष सुजन थापा, कोषाध्यक्ष अभियान पाठक, निर्देशक श्रीकृष्ण गौतम, प्रनि राजीव गिरी लगायत ट्राफिक प्रहरी तथा स्थानिय युवाहरुको उपस्थितिमा बोर्ड राख्ने कार्यक्रम सम्पन्न भएको थियो।