जापान र नेपाली भूमिकाे कथामा आधारित उपन्यास `फिलिङ्गो´ शुक्रवार एक कार्यक्रमकाविच विमोचन गरिएको छ । प्रभा बरालद्वारा लिखित उक्त उपन्यास प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमकाविच विमोचन गरिएको हो ।

उपन्यास `फिलिङ्गो´ महिलाको आत्मसम्मान र आत्मनिर्णयको विषयमा आधारित छ ।

उपन्यासमाथी वक्ताहरु डा.रजनी ढकाल, पत्रकार वसन्त बस्नेत र आलोक चालिसेले टिप्पणी गरेका थिए ।

पत्रपत्रिकामा समसामयिक विषयका लेख, कथा र निबन्ध लेखनमा सक्रिय बरालको फिलिङ्गो पहिलो उपन्यास हो ।

नेपाल र जापानका विभिन्न सांस्कृति सन्दर्भ पनि उपन्यासमा समेटिएको छ । यस उपन्यासका माध्यमबाट बरालले पुरूष सत्तासामु केही गम्भीर प्रश्नहरू खडा गरेकी छिन् ।

लेखक बरालका यसअघि आत्महत्याको जङ्गल (नियात्रा), शब्दहरू अविराम यात्रामा (संयुक्त कविता संग्रह), तृष्णाको पहाड (गजल संग्रह), असिनाको कथा (बालकविता संग्रह) प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार