
पूर्वी चितवनको राप्ती नगरपालिकालाई कार्यक्षेत्र बनाइ रेडियो, मिडिया हाउस, पत्रकारिता तथा संचार क्षेत्रमा संलग्न भएका व्यक्तिहरुको १३ सदस्यीय सञ्चार मञ्च गठन गरिएको छ। आज बुधबार एक भेलाको आयोजना गरि मञ्च गठन गरिएको हो।
आजको भेलाबाट मञ्चको अध्यक्षमा बीर बहादुर सिंजाली सर्वसम्मत चयन भएका छन्। त्यस्तैगरि उपाध्यक्षमा गोपाल विश्वकर्मा, सुदीप गिरी, सचिवमा अनुज न्यौपाने, सह सचिवमा दुर्गा दाहाल र कोषाध्यक्षमा रमेश पाण्डे सर्वसम्मत चयन भएका छन्।
मञ्चका सदस्यहरुमा सुजा गौतम, राजेश रुम्बा,मिलन प्रजा, निर्देशन त्रिपाठी, सुरज बराकोटी, युवक मोक्तान र सुस्मिता सापकोटा चयन भएका छन्।
मञ्चले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरुको हक र हितको लागि काम गर्नेछ। मञ्चको आगामी कार्यक्रमहरु प्रथम बैठक पश्चात् तय गरिने जनाइएको छ।
आज राप्ती एफ एमको सभाहलमा भएको भेलामा विभिन्न सञ्चार क्षेत्रमा संलग्न संचारकर्मीहरुको उपस्थिति रहेको थियो।