चितवनमा दिनानुदिन संक्रमण बढ्दो रहेको छ। यसका साथसाथै निषेधाज्ञा पनि लम्बिदै गई रहेको छ। संक्रमणको हिसाबले भरतपुर महानगरपालिका उच्च रहेको छ भने इच्छाकामना गाउँपालिकामा न्यून संक्रमण रहेको छ।

भरतपुर महानगरपालिकामा जम्मा संक्रमित ५९४ रहेकोमा ९४ निको भइ घर गएका छन्। यसको साथै ७ जनाको मृत्यु भएको छ भने अहिले ४९३ आइसोलेसनमा रहेका छन्।

खैरहनी नगरपालिकामा जम्मा संक्रमित ५३ जना रहेका छन्। जसमध्ये ६ जना निको भइ घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ। हाल ४५ जना आइसोलेसनमा रहेका छन्।

माडी नगरपालिकामा ५२ जना संक्रमित संख्या रहेको छ। जसमध्ये ४१ जना निको भएका छन् भने ११ जना आइसोलेसनमा रहेका छन्।

संक्रमित संख्याको हिसाबले चितवन जिल्लामा दोस्रो धेरै संक्रमित रहेको स्थानिय तह रत्ननगर नगरपालिकामा ११५ जना संक्रमित भएका छन्। जसमा १०९ जना आइसोलेसनमा रहेका छन् ५ जना संक्रमण मुक्त भएका छन् र १ जनाको मृत्यु भएको छ।

राप्ती नगरपालिकाको संक्रमित संख्या ९७ जना रहेका छन्। जसमा ९१ जना आइसोलेसनमा रहेका छन्। ५ जना निको भइ घर फर्केका छन् भने १ जनाको मृत्यु भएको छ।

१८ जना संक्रमित भएका कालिका नगरपालिकामा ५ जना निको भएका छन् भने १३ जना आइसोलेसनमा रहेका छन्।

इच्छाकामना गाउँपालिकामा ४ जना कोरोना संक्रमित भएका छन्। जसमा १ जना निको भएका छन् र ३ जना आइसोलेसनमा रहेका छन्।

यसरी चितवनको विभिन्न स्थानिय तहमा गरि जम्मा संक्रमित ९३३ छन्। ७६५ आइसोलेसनमा रहेका छन् भने १५७ निको भएका छन् र ११ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर