राप्ती जेसिजद्वारा नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष तथा राप्ती जेसिजका लागि निरुपित राष्ट्रिय  उपाध्यक्ष सुनिल तिमल्सिनालाई आज एक कार्यक्रम आयोजना गरि स्वागत गरिएको छ। जेसिजले बीरेन्द्रनगरमा रहेको आफ्नै कार्यालयमा स्वागत गरेको छ।

बिहीबार भएको उक्त स्वागत कार्यक्रमको अध्यक्षता राप्ती जेसिज बर्ष २०२१ का अध्यक्ष दिनेश सेढाईले गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राप्ती जेसिजका कार्यकारिणी उपाध्यक्ष सुजन थापाले गर्नुभएको थियो।

कार्यक्रमको मुख्य भुमिकामा राष्ट्रिय उपाध्यक्ष तिमल्सिना हुनुहुन्थ्यो। उहाँले कार्यक्रममा बोल्दै राप्ती जेसिजलाई आगामी दिनहरुमा गर्नुपर्ने सहयोगमा आफू कहिले पछि नहट्ने प्रतिबद्धता जाहेर गर्नुभयो। उहाँले युवा नेतृत्व र विकासको महत्त्वबारे पनि प्रष्ट पारिदिनु भएको थियो।

राष्ट्रिय उपाध्यक्ष तिमल्सिनालाई आफ्नो कार्यालयमा स्वागत गर्न पाउँदा आफूहरूलाई खुशी लागेको जेसिजका अध्यक्ष सेढाईले बताउनुभयो।

राप्ती जेसिजका पदाधिकारी तथा सदस्यहरु उपस्थित उक्त कार्यक्रमको सञ्चालन राप्ती जेसिजका महासचिव बिबेक गैरेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार