
गैंडाकोट नगरपालिकाको आयोजना तथा कन्टिनेन्टल स्कुल गैंडाकोटको सम्योजनमा आयोजित गैंडाकोट नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय सहभागी आधारभुत तहको हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा गैंडाकोट १ स्थित गैंडाकोट इङ्लिस स्कुल प्रथम भयो भने साइनिङ स्कुल, बालबिकास स्कुल तथा बिजय सामुदायिक स्कुल क्रमशः द्वितीय, तृतीय तथा सान्त्वना स्थान हात पार्न सफल रहे ।
प्रथम स्थान हासिल गरेका गैंडाकोट स्कुलका बिबेक खनाल र रोजिका रिजालले नगद रु ५००० तथा सर्टिफिकेट हात पारे । समापन कार्यक्रममा अन्य बिजयी प्रतिस्पर्धीलाई पनि पुरस्कृत गरिएको थियो ।