राप्ती नगरपालिका ८ मा रहेको अभियान युवा समाजको आज भएको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज भएको कार्यक्रमको सभाध्यक्षमा युवा समाजको अध्यक्ष राम पुकार पाठक हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा राप्ती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बुद्धिराज थपलिया हुनुहुन्थ्यो।

मगर उत्थान समाजको सभाहलमा भएको सभाले क्लबको नयाँ कार्यसमिती पनि गठन गरेको छ ।

युवा समाजको अध्यक्षमा जयराम गोतामे सर्वसम्मत चयन हुनुभएको छ। यसैगरि उपाध्यक्षमा राकेश थपलिया, सचिवमा प्रकोप सापकोटा, कोषाध्यक्ष विनिता भट्ट साथै सदस्यहरुमा सावित्री मगर, सौरभ राना, गणेश परियार, लोकनाथ कँडेल चयन हुनुभएको छ।

अभियान युवा समाजले समाज तथा व्यक्तित्व विकासको लागि काम गर्ने जनाइएको छ। समाजमा भएको विकृति विरुद्धमा आवाज उठाउने पनि युवा समाजले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर