जिल्ला प्रशासन कार्यालय चितवनले भोलिदेखि निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

यससंगै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल संचालन गर्न पाइने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नारायणी अनलाइनलाई जानकारी दिए । चितवनमा संक्रमण दर अझै बढ्दै गइरहेकोले केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय भएको शर्माले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार