पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ द्वारा व्यक्तित्व विकास एवम् उद्घोषण तालिम आयोजना गरिएको छ। आज भएको अौपचारिक कार्यक्रमको सभाध्यक्षमा सोही वडाका वडाध्यक्ष शमशेर लामा हुनुहुन्थ्यो।

व्यक्ति भित्र लुकेको कलालाई प्रस्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो। कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर ४ का वडा सदस्यहरु रमा पराजुली, जगन्नाथ श्रेष्ठ र मायाँ नाथ सेढाईले आफ्नो मन्तव्य राख्नुभएको थियो। यसैगरि कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य तथा वडा सदस्य रमिता परियारले गर्नुभएको थियो।

२० जना भन्दा बढी प्रशिक्षार्थीहरु सहभागी भएको कार्यक्रमको मुख्य प्रशिक्षक मनोज पन्त रहनु भएको छ। त्यस्तै गरि रेडियोकर्मीहरु गोपाल विश्वकर्मा र विशाल आले मगरको पनि विशेष प्रशिक्षण कार्यक्रम रहेको छ। कार्यक्रम अवधिभर सञ्चारकर्मी सुरज बराकोटीले सहजीकरण गर्नुहुने आयोजक संस्थाले जनाएको छ। फाराम भरेर पनि अनुपस्थित प्रशिक्षार्थीहरुलाई चाँडो भन्दा चाँडो तालिममा सहभागी हुन पनि वडा अध्यक्ष लामाले अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर