स्व. नेता जेपी भेटवालको स्मृतिमा जेपी युवा क्लबद्वारा दीप प्रज्वलन गरिएको छ। एक कार्यक्रमको आयोजना गरि क्लबले भण्डारा चौकीडाँडा मार्गमा रहेको चौतारामा दीप प्रज्वलन गरेको हो।

उक्त कार्यक्रमको प्रमुख अतिथि स्व.भेटवालका छोरी तथा काठमाडौँ महानगरपालिकाका निर्वाचित जनप्रतिनिधि सिर्जना भेटवाल हुनुहुन्थ्यो ।

यसका साथै विशिष्ट अतिथि राप्ती नगरपालिकाको निर्वाचित जनप्रतिनिधि गोमा धरेल,जनजागृती हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्मराज कँडेल रहनुभएको थियो। स्थानियबासी, युवावर्ग तथा  सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार