
राप्ती,चैत्र २३/ प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाइ सहज बनाउने उदेश्यका साथ राप्ति नगरपालिका वडा नम्बर १३ मा पर्ने अति विकट बस्ती कान्दाका २५० जनालाइ प्रत्यक्ष लाभ हुने गरि ग्लोबल आइ.एम.इ. बैंकले सोही ठाउमा गएर खाता खोलिदिएको छ ।
गत शनिबार ग्लोबल आइएमइ बैंक भण्डारा शाखाले आयोजना गरेको कार्यक्रममा डेपुटी प्रमुख भरतपुरका बिदुर ज्ञवालिको अध्यक्षतामा पुर्बी चितवनका ग्लोबल आइ एम इ बैंकका शाखा प्रमुखहरु ,कर्मचारीहरु कान्दा पुगि शून्य पैसामा खाता खोलिएको हो ।भन्डारा बजार सम्म आएर खाता खोल्ने पहुज नभएका अति निम्न स्थरका चेपाङ समुदायलाई लक्ष्यित गरि कार्यक्रम गरिएको डिपुटी प्रमुख ज्ञवालिले जानकारी गराउनु भयो ।कन्देश्वरी नि.मा.बि. राप्ती १३ मा भएको कार्यक्रममा २५० जना चेपाङ समुदायको उपस्तिथि थियो भने ८० जनाको खाता संचालन गरिएको थियो ।
पछिल्लो समय बैंकले सप्पन्न ब्यक्ति र उद्योगि,व्यावसायिहरुसङ मात्र सम्बन्ध स्थापित गरिरहेको अबस्थामा आफ्नो बैंकले बिगत देखि नै यस्ता गरिब र निमुखाको पक्षमा कार्यक्रम गर्ने गरेको र अझै निरन्तर रुपमा विकट ठाउका अति बिपन्न समुदायलाई आफ्नो कार्यक्रममा सम्बोधन गरिने कार्यक्रमका अध्यक्ष ज्ञवालिले बताउनु भयो ।उत्पादन गरिएको अन्नबालिले ६ महिना पनि खाना नपुग्ने र कान्दा बासिको जनजीवन अत्यन्तै निम्न रहेकोले बैंकको केन्द्रिय सामाजिक कार्यक्रम अन्तर्गत आफुहरुले समेट्ने भण्डारा शाखा प्रमुख मनोज जंग बराइलिले हामिलाइ बताउनु भयो ।
बैंकका कर्मचारिहरु लामो दुरिको कठिन यात्रा गरेर उक्त ठाउमा पुगि सेवा प्रदान गरेका थिए भने कार्यक्रमलाइ सहज बनाउने भुमिका कान्देश्वर नि.मा. बि. राप्ती १३ का प्राचार्य बालकृष्ण थपलियाले गर्नुभएको थियो ।