जे.भि.वाइ युनिटी झुरझुरले सडक दुर्घटना न्युनिकरणको लागी सचेतनामुलक सडक रिफ्लेक्टिभ बोर्ड राखेको छ।

राप्ती नगरपालिका वडा नम्बर ३ र ४ को सिमाना जोड्ने मर्ताल पुलमा उक्त बोर्ड राखेको हो। बोर्डमा ‘नजर हट्यो, दुर्घटना घट्यो सतर्क भइ सवारी चलाअौँ ‘ लेखिएको छ जसले ट्राफिक नियममा सहयोग पुग्ने प्रहरी निरीक्षक राजीव गिरीले बताउनुभयो।

बोर्ड राख्ने कार्यक्रममा समाजसेवी शिवकान्त ओली, परेवाश्वरी दुग्ध उत्पादक सहकारीका अध्यक्ष रामेश्वर सिंह ओली , ईलाका प्रहरी कार्यालयका प्रमुख राजिव गिरी, युनिटीका पदाधिकारीहरु तथा स्थानिय युवाहरुको उपस्थिती रहेको थियो ।

नियमित रुपमा भइरहेको सडक दुर्घटनालाइ मध्यनजर गदै युनिटीले बोर्ड राखेको अध्यक्ष दिनेश बिसुन्केले बताउनु भयो ।

झुरझुरेका युवाहरुको यस प्रकारको क्रियाकलापले समुदायमा सकरात्मक सन्देश दिने  सहभागि अतिथिहरुले बताउनुभयो । बोर्डको सौजन्य भने भण्डारामा रहेको संकल्प फर्निचर र राप्ती फ्लेक्सले गरेको थियो । बोर्डको सौजन्य गरेकोमा क्लबका सचिव सृजन श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार