काठमाडौं । गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको स्वर गीत ‘बुलबुल तालैमा‘ को भिडियो सार्वजनिक भएको छ । २०५२ साल तिर रेडियो नेपालमा प्रथम हुन सफल यस ‘बुलबुल तालैमा‘ गीत २०५४ सालमा रि- रेकर्डिङ हुदा करिब ४ लाख भन्दा बढी अडियो चक्का समेत बिक्रि भएको थियो। दर्शक तथा स्रोताको मनमा बस्न सफल ‘बुलबुल तालैमा‘ गीतलाई श्याम गुरुङ र बुनु श्रेष्ठको स्वरमा पुन रि- रेकर्डिङ गरि सार्वजनिक गरिएको हो ।

गायक श्याम गुरुङ यति बेला अहिले अमेरिमा बसोबास गर्दै आएका छन् । कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ । गीतमा रिदम कंडेलको एरेन्ज रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा सुधिर श्रेष्ठ ,महादेव त्रिपाठी ,यांगशु श्रेष्ठ र आकंछा तामांग फिचर्ड गरिएको छ । संसारको सबै भन्दा होचो व्यक्ति मनोज बिकको समेत यस गीतमा अभिनय रहेको रहेको ।

राम कुमार केसीको छायांकन ,गौतम राज खड्का सम्पादन गरिएको भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ। भिडियोलाई खिल बहादुर गुरुङले निर्देशन गर्नु भएको हो ।

स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।गीतलाई फुर्बा पाख्रिन तामांगले रेकर्डिङ गरेका हुन् । यस गीतमा श्याम गुरुङको स्वर अमेरिकाको मेलोडी स्टुडियो बाल्टिमोरमा रेकर्ड
गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार