
पूर्वी चितवन राप्ती नगरपालिकाका उपमेयर इमान सिंह लामा दुखी तथा गरिबहरुलाई सहयोग गरेर नै आफ्नो दिन व्यतीत गरिरहेका छन्।
लकडाउन भए यता उनीले ७० भन्दा बढी क्यान्सर तथा मृगौला पिडितहरुलाई हस्पिटल पुर्याउने काम गरिरहेका छन्। लकडाउने सवारी साधन ठप्प भएको बेला उनी आफैले गाडी चलाएर बिरामीलाई हस्पिटल पुर्याइ उपचार गराएर घर फर्काउछन्।
त्यो मात्र नभइ विभिन्न अकल्पनीय घटनाले भत्काइएको घरहरु नगरपालिकाको तर्फबाट मात्र नभइ उनीले आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गरी निर्माण गरेदिने गरेका छन्।
वडा नं. ४ मा अति बिपन्न, एकल महिला मंगली माया चेपाङ (साईली)काे ६ नं. मा हिंसामा परेकी अनाथ बालिका अनुजा परियार काे, १ नं. वडामा जंगली हात्तीले पुर्णक्षेती पुर्याईएको अमर बहादुर चेपाङको र २ नं. वडाकाे घुंगी र गंगटाे टिप्ने क्रममा सेनाकाे कुटपिटबाट मृत्युु भएका भएका राजकुमार चेपाङ काे घर निर्माण उनीले व्यक्तिगत सहयोगमा गरेका थिए।
हालसालै मात्र हात्तीले भत्काएको आइत बहादुर चेपाङको छाप्रोमा उनीले जस्तापाता हालिदिने घोषणा गरेका छन्। आफै घटनास्थलमा पुगी उनीले यो घोषणा गरेका हुन्।
यस्तो विषम परिस्थितिमा सहयोग पाउँदा स्थानियहरु खुशी देखिन्छन्।