काठमाडौं । साहित्यकार घनश्याम पथिकको उपन्यास ‘छुई’ सार्वजनिक भएको छ । मण्डला नाटकघरमा आयोजना भएको लोकार्पण समारोहमा मनोज गजुरेल, ऋचा शर्मा र शृङ्खला खतिवडाले उपन्यास विमोचन गरेका हुन् ।

रजस्वलालाई केन्द्र बनाएर लेखिएको उक्त उपन्यासमा रजस्वलाको पीडा र चलनलाई वर्णन गरिएको छ । उपन्यासकार पथिकको ‘छुई’ दोस्रो उपन्यास हो । यसभन्दा अगाडि उनको ‘युनिका’ उपन्यास प्रकाशित भएको थियो ।

मनोज गजुरेलले सहजीकरण गरेको प्यानल डिस्कसनमा शृङ्खला खतिवडा र ऋचा शर्माले आफ्नो धारणा व्यक्त गरेका थिए ।

नेपाली चलचित्रमा कथाको खडेरी परिरहेको बेला अभिनेत्री ऋचा शर्माले ‘छुई’ उपन्यासमा चलचित्र बनाउन सकिने बताएकी छन् । शृङ्खला खतिवडाले भने महिलाको कुरा एक पुरुष लेखकले अत्यन्तै मिहिन ढङ्गमा प्रस्तुत गरिएको बताएकी छन् ।

सरोज घिमिरेले सञ्चालन गरेको उक्त लोकार्पण समारोहमा पाठकको बाक्लो उपस्थिति रहेको थियो ।

शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासको बजार मूल्य रू ४२५ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार