पूर्वी चितवनको राप्तीमा आज आईतबार साँझ भएको ट्याक्टर दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका वडा नं. ११ स्थित चिउरी खोला नजिकै ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ४ को मृत्युु र १८ जना गम्भीर घाईते भएका थिए। थप १ गरि मृतकको संस्या पाँच पुगेको छ। सबैको विवरण खुलेको छैन।

घाइतेहरूलाई ४ वटा एम्बुलेन्स मार्फत घाईतेहरु सबैलाई थप उपचारका लागि भरतपुर तर्फ ल्याइएको  थियो। । राप्ती नगरपालिकाको ११ नम्बर वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कदै गरेको ट्याक्टर चिउरी खोलामा अनियन्त्रित भई सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको भरतपुर स्थित भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ। अझ धेरैक अवस्था गम्भिर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार