काठमाडौं । संस्कृती, परम्परा तथा अध्यात्म चेतना वृद्धिका लागि ‘द जेरोथ फाउन्डेसन’ ले ‘चिदाकाश’ कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त संस्था विगत आठ वर्ष देखि समाजिक तथा कला साहित्य जगतमा काम गर्दै आइ रहेको छ ।उक्त संस्थाले तिनको कार्यक्रम अन्तरगत ललितपुरको अक्ष्वेश्वर महाविहारमा ‘चिदाकास’ नामक चेतना विकास सम्बन्धि कार्यशाला तथा चित्रकला प्रदर्शन गरेको छ ।

कार्यक्रमको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्नु भएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले “देश विकासका लागि संस्कृति परम्परा संवर्धन जरुरी रहेको ” बताउदै कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।

कार्यक्रम काठमाडौं , ललितपुर , भक्तपुर , लुम्बिनी , धुलिखेल र पोखरामा हुने द जेरोथ फाउन्डेसनका अध्यक्ष आदर्श भट्टराईले बताए ।

कार्यक्रमको मुख्य उद्धेश्य नेपालमा शान्ती फैलाउने, अहिलेको बालमस्तिष्कमा पुगेको डिप्रेसन र ती रोगलाग्नबाट बालबालिकालाई जोगाउन योगदान पर्याउने रहेको जनाइएको छ ।

नेपालमा बढेको वातावरण प्रदूषणले भविष्यमा पार्ने असरलाई मध्यनजर गर्दै वृक्षरोपण अभियान सुरु गर्ने द जेरोथ फाउन्डेसनका सदस्य आदेश भट्टराईले बताए ।

तीन दिन सम्म चल्ने उक्त कार्यक्रममा कलाकार आदर्श भट्टराई , कलाकार प्रचण्ड , कलाकार उजय लगायत थुप्रै कलाकारका चित्रहरु पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार