नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. ४ पञ्चासेका कृषकहरू लाई कृषि सामाग्री वितरण गरिएको छ ।

कृषकहरू लाई २० ओटा हाते ट्याक्टर, ३२ थान टढेलाको पलाष्टिक, २५ ओटा तराजु र विभिन्न ११ थरीका तरकारीका विउँ विजन वितरण गरिएको हो ।

सोमबार एक कार्यक्रमका बिच मेयर राजेन्द्र रमण खनाल, उपमेयर कविता दुंगाना, कृषि प्रविधिक छविलाल शर्मा तथा
कृषि प्राविधिकहरू सुन्दर श्रेष्ठ र विनोद पौडेलको उपस्थितीमा उक्त सामाग्रीहरू कृषकहरूलाई वितरण गरिएको हो ।

उक्त सामाग्रीहरू ५० प्रतिशत नगरपालिका को अनुदानमा र ५० प्रतिशत कृषकहरूको सहयोगबाट सामाग्रीहरू ल्याइ वितरण गरिएको रामशरण सुवेदीले जानकारी दिनुभयो ।

सामाग्रीहरू वितरण गर्दै खनालले कृषिका क्षेत्रमा नगरलाई अघि बढाउने हेतुले र कृषकहरूको सुविधाका लागि उक्त सामाग्रीहरू वितरण गरिएको बताउनु भयो


गाउँका ५० घरधुरी भन्दा बढी परिवारलाई उक्त सामाग्रीहरू वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार