राप्ती नगरपालिका ५ मा अवस्थित भण्डारा माध्यमिक विद्यालयमा स्थापना कालदेखि  अध्ययन गरेका पूर्व विद्यार्थीहरुको पुनर्मिलन तथा नयाँ बर्ष २०७८ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। आज नयाँ बर्षको अवसर पारेर कार्यक्रम सम्पन्न गरिएको हो।

आज भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती नगरपालिका की नगर प्रमुख प्रभा बराल हुनुहुन्थ्यो। यसैगरि विशिष्ट अतिथिहरुमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ वली, राप्ती नगर उप प्रमुख इमान सिंह लामा तथा अतिथिहरुमा सोही विद्यालयका प्रधानाध्यापक कुमार सिंह लामा, पूर्व प्रधानाध्यापक पद्मराज पाठक हुनुहुन्थ्यो। कार्यक्रमको सभाध्यक्षता विद्यार्थी समाजको तदर्थ समितिका संयोजक शंकर प्रसाद आचार्यले गर्नुभएको थियो।

कार्यक्रमको बीचमा सचिव डा. वलीलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने पूर्व सह प्रधानाध्यापक डिल्ली प्रसाद थपलियाले स्वागत मन्तव्य राख्नुभएको थियो।
यसका साथै आजको भेलाबाट नयाँ कार्य समिति गठन पनि गरिएको छ। २०६६ सालमा गठन भएको तदर्थ समितिले नयाँ कार्य समिति गठन गरेको हो। पूर्व विद्यार्थी समाजको अध्यक्षमा शंकर प्रसाद आचार्य चयन हुनुभएको छ।

यसैगरि उपाध्यक्षमा प्रमात सेढाई र लक्ष्मण बर्तौला, सचिवमा सुदीप वली, सह सचिवमा श्रीराम ढुङ्गाना र कोषाध्यक्षमा मिना गौतम चयन हुनु भएको छ।

सदस्यहरुमा बलराम सिलवाल,रुस्तम दिन मियाँ,शिवराज बर्तौला,गुणराज श्रेष्ठ, लोक बहादुर श्रेष्ठ,सुरज बराकोटी,डोलमाया श्रेष्ठ,शिव त्रिपाठी,कौशिला चौधरी,रमिता परियार,बिनिता सारु मगर चयन हुनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार