जेपी युवा क्लबले आगलागी पीडित परिवारलाई सहयोग गरेको छ। राप्ती नगरपालिका वडा न.११ स्थित सुर्खन्डीका दिल बहादुर चेपाङको परिवारलाई सहयोग गरिएको हो। उनको घरमा बैशाख २ गते बिहान आगलागी भएको थियो।

जेपी युवा क्लबको पहलमा राप्ती नगरपालिका वडा नम्बर ५ बाट २ वटा झुल, २ वटा तन्ना र २ वटा सिरानी र १ वटा सिरक प्राप्त भएको थियो। त्यस्तैगरि नमस्ते टुर एण्ड ट्राभल्सबाट ५०० नगद र परशुराम पाठकबाट १ बोरा चामल सहयोग प्राप्त भएको थियो। सहयोग कार्यक्रममा अन्य सामाग्रीहरु नुन,तेल, बिस्कुट पनि हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर ११ का कार्यबाहक वडा अध्यक्ष कृष्ण बहादुर लामा, संयुक्त युवा क्लब राप्ती ११ का अध्यक्ष आकाश चेपाङ, जेपी क्लबका सल्लाहकार एकराज सिलवाल र सन्देश सिलवाल लगायत युवा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

‘सेवा नै धर्म हो’ भन्ने मुल नाराले प्रभावित भएर सहयोग गरिएको क्लबका अध्यक्ष अविप कँडेलले बताए। सहयोग कार्यक्रममा सज्जन जुत्ता चप्पल उद्योगले ब्यानर सौजन्य गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार