त्रिदेशीय कप अन्तर्गत शनिबार त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्धको खेलमा नेपालले ९ विकेटको जित हात पारेको छ।

खेलमा नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो। उसका लागि बास डी लिडले सर्वाधिक ४१ रन बनाए।

यस्तै स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए।

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए।

उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे।  त्यस्तै, साहब आलम र सोमपाल कामीले एक-एक विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर