पूर्वी चितवनको राप्ती नगरपालिका १ मा गाँजा बरामद भएको छ। पूर्व पश्चिम राजमार्गको पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ च ९२२७ नम्बरको सेतो रंगको बोलेरो गाडीमा ल्याइएको गाँजा बरामद गरिएको हो। गाडीबाट १३५.२४ किलो गाजाँ समातिएको सशस्त्र प्रहरी बल गढीमाई बाहिनीका डिएसपी सुशील पराजुलीले बताउनुभएको छ।

सशस्त्र प्रहरी निरीक्षक प्रज्वल कुमार सिलवालको कमाण्डमा खटिएको ७ जनाको टोलीले गाँजा बरामद गरेको हो। स्थानियले दिएको खबर अनुसार मंगबार बिहान ७:५० बजे स्थानियबासीको रोहबरमा चेकजाँच गरि गाँजा नियन्त्रणमा लिइएको थियो। गाडी सशस्त्रको नियन्त्रणमा रहे पनि ड्राइभर फरार रहेको उहाँले बताउनुभएको छ। थप अनुसन्धानको लागि लागु अौषध(गाँजा) र गाडी ईलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार