राप्ती नगरपालिका वडा न ०२ को आर्थिक सहयोगमा स्वरोजगारको निमित्त पानीपुरी चटपट बनाउने ठेला हस्तान्तरण गरिएको छ।

यस अघि पनी युवा विकास तथा स्वरोजगारको लागि विभिन्न सहयोगको कार्यक्रम गर्दै आइरहेको वडाले सीता घिमिरेलाई २० हजार रकम बराबरको ठेला हस्तान्तरण गरेको हो।

सोही वडाका वडा अध्यक्ष श्याम सुन्दर उप्रेतीको नेतृत्व रहेको उक्त हस्तान्तरण कार्यक्रममा निर्देशन त्रिपाठी, बिनोद बर्तौला , प्रमोद पाठक , वडाको कर्मचारी शिव सिलवाल,ललिता तिमल्सिनाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार