वैज्ञानिक समाजवादी युवा लिग नेपालको आयोजनामा महाकाली मेची युवा जागरण अभियान सम्पन्न भएको छ।

चैत्र २१ गते कञ्चनपुरको दोधारा-चाँदनीबाट सुरु भएको अभियान दोधारा चाँदनीमा सुरु भएको अभियान महेन्द्रनगर, धनगढी, टिकापुर, नेपालगन्ज, भालुबाङ, बुटवल, चितवन, हेटौंडा, पथलैया, चन्द्रनिगाहपुर, जनकपुरधाम, लहान, इटहरी, धरान, दमक हुँदै यही बैशाख ५ गते झापाको विर्तामोडमा पुगि सम्पन्न भएको हो।

अभियानको नारा  ‘दलाल पुजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्न उठौं वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको निम्ति संघर्षमा जुटौं’ भन्ने रहेको थियो।

अभियानमा पुर्व पश्चिम राजमार्ग अन्तर्गतका २२ जिल्लाका करिब पचास ठाउँमा कोण सभा हुनुका साथै टोलीले ठाउँ-ठाउँमा पर्चा वितरण र भित्ते लेखन कार्य पनि भएको थियो।

यसै अभियानका अन्तर्गत चितवनको भरतपुरमा बाइक र्‍याली पनि निकालेको थियो।

अभियानको नेतृत्व  वैज्ञानिक समाजवादी युवा लिग, नेपालका केन्द्रीय अध्यक्ष लछुराम विश्वकर्माले गर्नुभएको व्यहोरा वैज्ञानिक समाजावादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य विजय विश्वकर्माले बताउनुभयो।

नयाँ राजनीतिक चेतना र विचार प्रवाहका लागी यो अभियानको आयोजना गरिएको अभियानका संयोजक विश्वकर्माले बताउनुभयो।

त्यस्तैगरि विद्यमान राजनीतिक संकटलाई चिर्ने जागरण पैदा गर्न युवाहरूले यो अभियान गरेको वैज्ञानिक समाजवादी युवा लिग, नेपालका महासचिव  श्याम कुँवरले बताउनुभयो।

“दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने नयाँ कुराले जनता उत्साहित भएको पाएँ।यो नयाँ विचारप्रती जनताले देखाएको सद्भाव र चासोले अभियान टोली पनि उत्साहित भएको छ।” केन्द्रीय सदस्य विजय विश्वकर्माले बताउनुभयो।

राजमार्ग केन्द्रित जिल्लाहरुलाई नजिकबाट अध्ययन गर्ने मौका पाएँको अभियान टोलि सदस्य कञ्चनमणी पौडेलले भन्नुभयो।

“भ्रष्ट र दलाल सत्ताका कारण जनता आजित भएको र यथाशिघ्र जनताले यो व्यवस्थाबाट उन्मुक्ति चाहेको देखियो” अभियान टोली सदस्य द्रोण अवस्थीले भन्नुभयो।

अभियान टोलीमा २१ जना सदस्यहरु रहनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार