
राप्ती/ राप्ती नगरपालिकामा अवस्थित राप्ती जेसिजले भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।
आज सोमबार एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषाल हुनुहुन्थ्यो। त्यस्तैगरि विशिष्ट अतिथिमा राप्ती नगरपालिका वडा नम्बर ७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटी हुनुहुन्थ्यो भने अतिथिमा राप्ती जेसिजका सल्लाहकार रामचन्द्र पाठक हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै अतिथि पाठकले राप्ती जेसिजले समाजमा राम्रो काम गरेको बताउनुभयो। यसैगरि विशिष्ट अतिथि वडा अध्यक्ष डल्लाकोटीले थोरै समयमा राम्रो उपलब्धि गरेकोमा जेसिज परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथ भुषालले राप्ती जेसिजलाई हरबखत साथ दिने बताउनुभयो।
कोरोनाको कारणले अझ कार्यक्रम भव्य बनाउन नसकिएको सभाध्यक्ष तथा राप्ती जेसिजका अध्यक्ष दिनेश सेढाईले बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजन सुदन उप्रेतीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव बिबेक गैरेले गर्नुभएको थियो।