काठमाडौँ,वैशाख १५ । आज देशभर थप ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र आज २ हजार ४७ जानमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । जसमा काठमाडौँका १४६४ जना, भक्तपुरका २३२ जना र ललितपुरका ३५१ जना रहेका छन् ।