काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार एक सय ४७ पिसिआर परीक्षणबाट आइतबार सात हजार एक सय ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना संक्रमणमुक्त भएका छन् भने, २७ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख ८३ हजार ९ सय ९४ पुगेको छ । तीन हजार तीन सय २५ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार