चितवन/दिलीप डल्लाकोटी – पुर्बी चितवन को राप्ति नगरपालिका मा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २४ पुगेको छ। बितेको चौबिस घण्टा मा २ संक्रमित थपिए संगै सो संख्या पुगेको हो।
राप्ति को ४ र ६ नम्बर वडा मा क्रमस ४४ र ४ बर्षिय महिलामा संक्रमण पुस्टि भएको थियो।  चितवन मेडिकल कलेज मा गरिएको स्वाब परीक्षणमा २ कोरोना संक्रमित थपिएको अस्पताल द्वारा जारि विज्ञप्ती मा जनाइएको छ। 

स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार आईतबार दिउँसोसम्म जिल्लाभर सक्रिय संक्रमितको संख्या १ हजार ७० पुगेको छ । जसमा भरतपुर महानगरपालिकामा मात्रै ८९० जना सक्रिय संक्रमित छन् । रत्ननगर नगरपालिकामा ८७, खैरहनीमा ३२,  कालिकामा १२, माडीमा १६ र जिल्लाको एक मात्रा गाउँपालिका इच्छाकामनामा ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार