राप्ती/दिलीप डल्लाकोटी – छोरी बलात्कार गरेको आरोपमा राप्ती बाट एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका ५ घर भइ हाल राप्ती नगरपालिका ९ बस्ने ३५ वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बैशाख १६ गते बिहीबार आफ्नै झट्केलो छोरी १२ वर्षीया बालिकालाई बलात्कारको आरोपमा उनलाई पक्राउ गरिएको हो । पीडित बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय खैरहनीमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी सोधपुछ गर्दा आफुले जबरबस्ती करणी गरेको भनी स्वीकारेको प्रहरीले जानकारी दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार