
राप्ती/चितवन- चितवनको राप्ती नगरपालिकामा ईलाका प्रहरी कार्यालय भण्डाराद्वारा चेकजाँचमा थप कडाइ गरेको छ। निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवातजावत तथा सवारी साधनको चाप बढेपछि थप कडाइ गरिएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीले बताउनुभयो।
यस्तै अनावश्यक बाहिर निस्कने, मास्क नलगाउने पैदल यात्री तथा सवारी चालकलाई कारबाही पनि गरिएको छ। आज बुधबार मात्र १० जना भन्दा बढीलाई कारबाही र १०० जना भन्दा बढीलाई सम्झाइ बुझाइ गरेर छोडिएको पनि उहाँले बताउनु भएको छ।
साथै जनस्वास्थ्यको मापदण्ड अपनाउन तथा निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न पनि सम्पूर्ण जन समुदायमा ईलाका प्रहरी कार्यालय भण्डाराले आह्वान गरेको छ।