
राप्ती- जन्मदिन अथवा वैवाहिक बर्षगाँठमा नगद तथा अन्य उपहारको सट्टामा बीमा पोलिसी उपहार दिने चलन अहिले देशभर बढ्दै गएको छ।
विभिन्न संस्थाहरुले आफ्नो कर्मचारीलाई पनि यसैगरि पोलिसी उपहार दिने प्रवृत्ति बढेको धेरै भैसक्यो। यसैबीचमा वैवाहिक बर्षगाँठको अवसरमा एक श्रीमातीले आफ्नो श्रीमनलाई बीमा पोलिसी उपहार दिएकी छिन्।
खैरहनी नगरपालिका २, लदरी निवासी खेम प्रसाद दाहाललाई उनको श्रीमती देवकी पाठक दाहालले १० लाख बराबरको बीमा पोलिसी उपहार दिएकी छिन्।
आफ्नो १६ अौँ वर्षगाँठको अवसरमा उनीले राप्ती ५ भण्डारामा रहेको रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सबाट सुलभ जीवन बीमा अन्तर्गतको बीमा पोलिसी उपहार दिएकी मार्केटिङ म्यानेजर हेमराज बस्नेतले बताउनुभयो।