काठमाडौं, वैशाख २४ । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारले १६ पत्रकारलाई पुरस्कृत गरेको छ ।
आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

वरिष्ठ पत्रकार सम्मान २०७६ (मरणोपरान्त) स्व. सुकदेव नेपाल (अग्निशिखा) र श्रीहर्ष सुब्बालाई दिइएको छ । त्यस्तै वरिष्ठ पत्रकार सम्मान २०७७ पत्रकार रघु मैनाली र शार्दुल भट्टराईले पाएका छन् । सो पुरस्कारको राशी २ लाख रुपैंया रहेको छ ।

त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ उजिर मगर, मात्रिका पौडेल, संगीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र शितल शाहले प्राप्त गरेका छन् ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ दिलिपकुमार थापामगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित, पुनम पौडेलले प्राप्त गरेका हुन् । पुरस्कारको राशी १ लाख रुपैंया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार