पछिल्लो २४ घण्टामा थप ९ हजार १९६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै धेरै हो। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा  ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा  ५० जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ। 

पछिल्लो २४ घण्टामा २९०५ जना संक्रमणबाट निको भइसकेका छन्। योसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ छन्।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार