
राप्ती नगरपालिका नगर प्रमुख र राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीद्वारा व्यवस्थापन भएको शैयाको अनुगमन भएको छ। राप्ती नगरपालिकाको भण्डारा अस्पतालमा तयार गरिएका अक्सिजन सहितको २० शैयाको अनुगमन गरिएको हो। राप्तीमा पनि कोरोनाको संक्रमण बढ्दै गएपछि यसको रोकथाम र व्यवस्थापनको लागि नगरपालिकाले यो कदम चालेको हो।
अनुगमनमा राप्ती नगरपालिका नगर प्रमुख प्रभा बराल, राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर संयोजक उत्तम सेढाई, स्वास्थ्य शाखा अधिकृत सुरेश न्यौपाने, स्वास्थ शाखा राप्ती नगर उप प्रमुख राममणी सिलवाल, राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर सचिव सोम पुन, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य सुजन थापा, युवा व्यवसायी अभियान पाठकको उपस्थिति रहेको थियो।
यो पनि…..
यसका साथै आज बसेको कार्यपालिका बैठकले विभिन्न एजेन्डा माथि पनि छलफल गरेको छ। राप्ती नगरपालिकाले कोरोना पोजेटिभ भएका व्यक्तिहरुको लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। कोरोना संक्रमण पोजेटिभ देखेपछि अस्पताल आउन जान नगरपालिकाले एम्बुलेन्सको नि:शुल्क व्यवस्था गर्ने भएको हो। संक्रमितहरुको भण्डारा अस्पतालमा उपचार पनि नि:शुल्क नै हुनेछ।
साथै जिल्ला प्रशासन कार्यालयले जारी गरेको थप १५०० रुपैया भन्दा बढी लिने एम्बुलेन्सलाई कारबाहीको दायरामा ल्याइने छ। एम्बुलेन्सको व्यवस्थापन राप्ती नगरपालिका स्वास्थ शाखा उप प्रमुख राममणी सिलवालले गर्नुहुने छ।
आजकै बैठकबाट नगरपालिका फोकल टीम बनाएर अगाडि बढ्ने छ। कोरोना संक्रमण भएर होम आइशोलेसनमा बसेका व्यक्तिहरुको जानकारी तथा परामर्श डाक्टर बिक्रम सिंखडाले गर्नुहुनेछ।
त्यस्तै नगरपालिका भित्र रहेका दीर्घ रोगीहरुको स्वास्थ अवस्थाको फलो अप डाक्टर सुजन पुनले गर्नु हुनेछ।
एन्टीजेन र पिसिआरको व्यवस्थापन तुलसी अधिकारीले गर्नुहुने नगर प्रमुख प्रभा बरालले बताउनुभयो।