राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीद्वारा कोरोनाको रोकथाम तथा व्यवस्थापन सम्बन्धि जनचेतनामूलक अडियो प्रसारण गरिएको छ। कोरोनाको संक्रमण बढ्दो रहेको र मानिसहरुको भिड नियन्त्रण नभएपछि कमिटीले अडियो प्रसारण सुरु गरेको हो। अडियो गाडीले राप्ती नगरपालिकाको हरेक कुनामा तथा बढी भिड हुने क्षेत्रमा बजाउदै हिड्ने छ।

साथै आज एक अनौपचारिक कार्यक्रमको बीच प्रहरीलाई मास्क,स्यानीटाइजर तथा पानी पनि नगर कमिटीले प्रदान गरेको छ। विशेष कार्यक्रममा राप्ती नगर उप प्रमुख इमानसिंह मोक्तान, नेकपा एमाले राप्ती नगर कमिटी संयोजक पूर्ण बहादुर थापा, ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरी, राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटी संयोजक उत्तम सेढाई,अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य सुजन थापा लगायतको उपस्थिति रहेको थियो।

कोरोनाको लक्षण तथा यसबाट बच्ने उपाय बारेमा पम्प्लेट भित्ता तथा पोलमा टाँस्ने काम पनि गरिएको छ।

राप्ती फ्लेक्स र सजिलोपाटी मिडियाको सचेतना कार्यक्रम अन्तर्गतको यस विषम परिस्थितिमा एम्बुलेन्स, स्वास्थकर्मी तथा महत्वपूर्ण व्यक्तिहरुको फोन नम्बर पनि सँगै टाँस्ने काम गरिएको छ।

समाजसेवामा युवाहरुको ठूलो योगदान हुने र यश कार्यक्रमले समाजमा जनचेतना फैलिइ सकारात्मक सन्देश जाने राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीका संयोजक उत्तम सेढाईले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार