
आज निषेधाज्ञाको नवौँ दिन ईलाका प्रहरी कार्यालय भण्डाराले चेक जाँचमा थप कडि कडाई गरेको छ। आज मात्रै राप्ती नगरपालिका भित्रबाट ७० जनालाई कारबाही गरेको छ।
त्यस्तै कार २ वटा, ट्याक्टर ४ वटा, अटो ४ वटा, मोटरसाइकल ३९ वटा गरि ४९ वटा सवारीसाधनहरुलाई कारबाही गरिएको छ। अनावश्यक रुपमा हिँडडुल गर्ने तथा साइकलमा सवार गर्नेहरुलाई होल्डिङ सेन्टरमा राखी कारबाही तथा सम्झाइ बुझाई गरि पठाइएको छ। निषेधाज्ञाको अवज्ञा गर्नेलाई जनही १०० देखि ५०० सम्मको जरिवाना लिइ कारबाही गरिएको हो।
त्यस्तैगरि प्रशासनको निर्देशनलाई अटेर गरि पसल सञ्चालन गर्ने ६ जना व्यवसायीलाई पनि कारबाही गरिएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।
अनावश्यक रुपमा बाहिर ननिस्कन र निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न ईलाका प्रहरी कार्यालयले आम जनसमुदायमा आह्वान पनि गरेको छ।