राप्ती-राप्ती नगरपालिका वडा नम्बर ६ मा क्रियापुत्री बसेकै घरमा राप्ती नगरपालिकाका उपमेयर इमान सिंह मोक्तान सहित स्वास्थ्यकर्मीको उपस्थितिमा एन्टीजेन परिक्षण गरिएको छ।

यही बैशाख २४ गते कोरोनाबाट मृत्युु भएकी जेनी चौधरीको सम्पर्कमा आएका उनको परिवारको एन्टीजेन परिक्षण गरिएको हो। स्वास्थमा समस्या आइ बैशाख १३ गते उनीलाई अस्पताल भर्ना गरिएको थियो।

मृत्यु पश्चातको काज किरिया गर्न गाह्रो भएपछि तथा परिवारका केही सदस्यहरुको स्वास्थ्यमा प्रतिकुल असर परेपछि राष्ट्रिय युवा संघ नेपालको राप्ती नगर संयोजक उत्तम सेढाइको पहलमा उपमेयर इमान सिंह मोक्तान, राप्ती ६ का वडा अध्यक्ष जल्लु महतो,वडा सदस्य कौशिला चौधरी र स्वास्थ्यकर्मीहरु घरमै पुगेका थिए।

मृतकको घर परिवारमा रहेका ५ जनाको एन्टीजेन परिक्षण गरिएको छ। किरिया गर्न बसेका मृतकको श्रीमान,२ छोरा १ छोरी र १ बुहारीको एन्टीजेन परिक्षण गरिएको हो। मृतकको सम्पर्कमा आएको र परिक्षणको लागि स्वास्थ चौकी जानलाई समस्या भएपछि टीम नै घरमा पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार