
चितवनको राप्ती नगरपालिका ६ मा अवस्थित श्री भण्डारा माध्यमिक विद्यालयको आज शिलान्यास गरिएको छ । बागमती प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको हातबाट शिलान्यास भएको हो।
संघीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत परेको योजनाको पहिलो किस्ताको भवन निर्माण कार्यक्रमको आज शिलान्यास भएको हो।
पञ्चवर्षीय योजना अन्तर्गतको पहिलो किस्ता १ करोड ५० लाख मध्ये राप्ती नगरपालिकाले ९३ लाखमा टेण्डर खुलाएको र बाँकी पैसाले अन्यभवन तथा भौतिक निर्माण सम्बन्धि कार्य गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर सारु मगरले बताउनुभयो।
आजको शिलान्यास कार्यक्रममा राप्ती नगर उप प्रमुख इमानसिंह मोक्तान, प्रधानाध्यापक कुमार लामा तथा नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष पूर्ण बहादुर थापा लगायतको उपस्थिति थियो। कार्यक्रममा भौतिक दुरीका साथ जनस्वास्थ्यको मापदण्ड अपनाइएको पनि अध्यक्ष मगरले बताउनुभयो।