राप्ती/चितवन- जन्मदिन अथवा वैवाहिक बर्षगाँठमा नगद तथा अन्य उपहारको सट्टामा बीमा पोलिसी उपहार दिने चलन अहिले देशभर बढ्दै गएको छ।

विभिन्न संस्थाहरुले आफ्नो कर्मचारीलाई पनि यसैगरि पोलिसी उपहार दिने प्रवृत्ति बढेको धेरै भैसक्यो। यसैबीचमा वैवाहिक बर्षगाँठको अवसरमा एक श्रीमानले आफ्नी श्रीमतीलाई बीमा पोलिसी उपहार दिएका छन्।

खैरहनी नगरपालिका २ निवासी बलराम अर्यालले आफ्नी श्रीमती भगवती अर्याललाई ५ लाख बराबरको बीमा पोलिसी उपहार दिएका छन्।

आफ्नो २५ अौँ वर्षगाँठको अवसरमा उनले राप्ती ५ भण्डारामा रहेको रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सबाट सुलभ जीवन बीमा अन्तर्गतको बीमा पोलिसी उपहार दिएका मार्केटिङ म्यानेजर हेमराज बस्नेतले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर