
काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिन असफल भएका छन् ।
विश्वासको मतका लागि ओलीले राखेको प्रस्ताव उपर प्रतिधिनिसभाको सोमबारको बैठकमा भएको मतदानमा उनी विश्वास प्राप्त गर्न असफल भएका हुन् । प्रधानमन्त्रीको पक्षमा जम्मा ९३ मत प्राप्त भएको थियो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको घोषणा सभामुख अग्नी सापकोटाले गरेका हुन् । विश्वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो । तर, ओलीले जम्मा ९३ मत पाएका छन् । उनको विपक्षमा १२४ मत परेको छ ।
यो सँगै केपी ओलिको सरकार कामचलाउ सरकको रूपमा परिणत भएको छ ।