सचितराज सेढाई, चितवन। नारायणगढ लेडि-जेसिजले भरतपुर माहानगरपालिकामा खटिनु भएका प्रहरीहरुको लागि फलफुल, फ्रुट जुस र पानी वितरण गरेको छ। आज मातातिर्थ औंसीको दिन पारेर पुलचोक नारायणगढमा लेडि-जेसिजले जेसि आशा श्रेष्ठको संयोजगत्वमा उक्त कार्यक्रम आयोजना गरेको हो।

जेसि सम्झना श्रेष्ठको अध्यक्षतामा जेसि लक्ष्मी केसि ले संचालन गर्नुभएको कार्यक्रममा आजका विशिस्ट अतिथिमा नारायणगढ जेसिजका पुर्व अध्यक्ष तथा राष्ट्रिय पुर्व कोषाध्यक्ष जेसि बिष्णु लम्साल, प्रमुख अतिथिमा प्रहरी निरीक्षक भगवान राज थापा, अतिथिमा नारायण लेडि जेसिजकी पुर्व अध्यक्ष निर्जनी प्रधानको उपस्थिति रहेको थियो।

प्रहरी निरीक्षक थापा सहित करिब १० जना प्रहरीहरुको उपस्थिति रहेको कार्यक्रममा नारायणगढ लेडि जेसिजकी वर्तमान अध्यक्ष जेसि सम्झना श्रेष्ठले निरीक्षक भगवान राज थापालाई करिब सात हजार बराबरको पानी, फलफूल र जुस हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा नारायणगढ लेडि जेसिजका १२ जना सदस्यको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै निरीक्षक थापाले दिनरात, घामपानी, रोगभोक नभनी खटिएका प्रहरीहरुलाई जेसिज लगायतका संघ संस्थाले अहिलेको यो कठिन परिस्थितिमा गरेको साथ र सहयोगले आगामी दिनहरुमा थप उर्जा मिल्ने बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर