पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मकवानपुरका २ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत हेटौँडा ७ का ८७ वर्षीय पुरुष र हेटौँडा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।

हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको थियो । त्यस्तै हेटौँडा–७ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार