चितवनका थप २०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहीबार दिउँसो सम्म जिल्लाभर कोरोना संक्रमित हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ ।

आज थपिएका संक्रमित मध्य भरतपुर महानगरपालिकाका १६८ जना, खैरहनी नगरपालिकाका १५ जना, माडी नगरपालिकाका ५ जना, रत्तनगर नगरपालिकाका १० जना, राप्ती नगरपालिकाका ५ जना, कालिका नगरपालिकाका १ जना र इच्छाकामना गाउँपालिकाका ७ जना रहेका छन् ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ३ हजार २९९ पुगेको छ । जिल्लाभर हालसम्म १५४ जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार