
नव-गायक तथा मोडल निरायु गौतमले आफ्नो दोस्रो सांगीतिक कोसेली सार्वजनिक गरेका छन् । आज दिउँसो ३:४५ बजे शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट “मायाको पानामा” नामक गित सार्वजनिक गरिएको हो। यसअघि उनले रचना रिमाल सङ्ग “तिमिलाई देखेपछि” बोलको पहिलो गित सार्वजनिक गरिसकेका छन् ।
संगितकार तथा एरेन्जर ओम सुनारले संगित भरेको गितमा अहिलेकी बहु-चर्चित गायिका एलिना चौहान र निरायु गौतम स्वयंको आवाज रहेको छ भने गणेश गिरिको निर्देशन रहेको छ। उक्त गितमा ‘तितो सत्य’ नामक टेलिशृङ्खलामा अहिलेका चर्चित कलाकार तथा निर्माता दिपकराज गिरि र दिपाश्री निरौलाको छोराको भूमिका निभाएका त्यो समयका बाल कलाकार राज आचार्य , भद्रगोल तथा अहिलेको चर्चित टेलिशृङ्खला ‘सक्किगोनी’ मा मुन्नी को भूमिकामा रहेकी प्रियना आचार्य र शिशिर भण्डारीको “फोटो फिरिममा” मा अभिनय गरिसकेका निरायु गौतमकै मुख्य अभिनय रहेको छ।
पर्वतको कुश्मा,बाग्लुङ लगायतका सुन्दर लोकेशनमा रामेश्वर हुमागाईं द्वारा छायांकन गरिएको लभ फ्लेबरको गितमा हास्यकलाकार दिवाकर भण्डारी(सापटे), सबिना आचार्य(सबु), रुक्मिला अधिकारी(रुक्स), सचित राज सेढाई, निशु आइडु, रिजन खरेल लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ।
गीत हेर्नुहोस्: https://youtu.be/yPnPe2kzZIY