चितवनका अस्पतालहरुमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या झण्डै ५०० पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १५३, चितवन मेडिकल कलेजमा १८३, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा १०१ जना, गुञ्जमानसिंह अस्पतालमा १ जना र अन्य अस्पतालमा ३२ जना गरेर जम्मा बिरामीको संख्या ४७० पुगेको हो ।

त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार आज एकै दिन आठ जनाको निधन भएको छ भने अस्पतालहरुबाट ५० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार