
जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप कडाई गर्ने भएको छ । भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ र दोस्रो चरणको रुपमा निषेधाज्ञा जेठ १३ सम्म लम्बिएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछी प्रशासनले निषेधाज्ञा थप गरेको हो ।
के के खुल्छन् ?
-स्वास्थ्य संस्था, फार्मेसी
-विद्युत कार्यालय, दुर सञ्चार तथा ईन्टरनेट सेवा
-ग्यास तथा पेट्रोलियम पदार्थ
-खानेपानी, फोहोर मैला व्यवस्थापन
-तरकारी, फलफुल, खाद्यान्न, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना, माछा, अन्डा सम्बन्धि सेवा
-तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री बिक्री गर्ने पसल तथा व्यवसायहरु बिहान ६ बजे देखी ९ बजे सम्म मात्र सन्चालन गर्न पाउने
– अन्य दैनिक उपभोग्य बस्तु तथा सेवा सम्बन्धीका व्यापार हप्ताको ३ दिन मात्र सन्चालन गर्न पाईने
-बिरामी बाहेक २ जना कुरुवासहित एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी साधन, सरकारी काममा प्रयोग हुने सवारी
-तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अण्डा, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना, सम्बन्धि ढुवानी गर्ने सवारी
-बैंकको एटिएमका सवारी साधन
-प्रशासनबाट अनुमानि लिएर मृत्यु संस्कारमा प्रयोग हुने सवारी
-सञ्चारकर्मीले प्रयोग गर्ने साधन
-कृषि उपकरण ढुवानी गर्ने साधन
-अनुमानि प्राप्त साधन
–
मालबाहक सवारी साधन तथा निर्माण सामाग्री ढुवानी गर्ने साधन बेलुका ५ बजे एखी बिहान ६ बजे सम्म मात्र सन्चाल गर्न पाईने
के के खुल्दैनन् ?
-अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने
-सभा, सम्मेलन, गोष्टि, जात्रा, महोत्सव
-सिनेमा हल, होटल, रेष्टुरेन्ट, दोहोरी, पार्टी प्यालेस, फुटसल, पुस्तकालय, जिमखाना, हेल्थ क्लब, स्विमिङ पुल, फुटपाथ पसल
-ब्युटीपार्लर, सैलुन टेलरिङ्ग
-सबै शैक्षिक संस्थाहरु
-लामो तथा छोटो दुरीका सवारी साधन
-मठ मन्दिर, गुम्बा, चर्चलगायतका सबै धार्मिक स्थलहरु
-पार्टी प्यालेसमा विवाह ब्रतबन्ध गर्न नपाईने, घरमै गर्दा १० जना भन्दा बढी सहभागी हुन नपाईने
-वनमा हुने जङ्गल सफारी, राप्ती र नारायणीमा जलयात्रा
-अत्यावश्यक बाहेकका सेवा दिने कार्यालय
– मृत्यु संस्कारमा १५ जना भन्दा बढी सहभागी हुन नपाईने