चितवनको भरतपुर अस्पतालमा थप २० बेड कोभिड आईसीयू थप गरिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दिएको जानकारी अनुसार १० बेड कोभिड आईसीयूलाई बढाएर ३० बेड पुर्‍याइएको हो ।

कोरोना भाइरस संक्रमित गम्भीर प्रकृतिका बिरामीको संख्या बढ्दै गएपछि कोभिड आईसीयू थप गरिएको अधिकारीले बताए । अब अस्पतालमा कुल ३० बेड आईसीयू भएको छ ।

त्यसमध्ये ६ बेड कोरोनाको लक्षण भएका तर रिपोर्ट आउन बाँकी भएका बिरामीहरुका लागि छुट्याइनेछ । अब अस्पतालमा पाँच बेड मात्रै जनरल आईसीयू रहेको छ ।

अस्पतालको कोभिड आईसीयूमा अहिले २१ जना बिरामी छन् । एचडीयूमा २५, जनरल बेडमा १५३ जना कोरोना संक्रमित छन् । अस्पतालले कोभिडका बिरामीको उपचारका लागि १६५ बेड छुट्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार