आठौं संस्करणको क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोली जमैका तालावाज ट्राइडेन्टसँग पराजित भएको छ बार्बाडोस ट्राइडेन्ट्ससँग जमैका ७ विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओवरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो। जमैकाका लागि ब्लाकवुडले ५९ बलमा ७४ रन जोडे। त्यस्तै आन्द्रे रसलले २८ बलमा ५८ रनको अर्धशतकीय पारी खेले। बार्बाडोसको लागि विशप, राशिद, वाल्स र होल्डरले समान १/१ विकेट लिगे।

१६२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको बार्बाडोस् ले सुरुवाती चरणमा २ विकेट गुमायो। पारी समाल्न मैदानमा उत्रिएका जेशन होल्डरले ४२ बलमा ६९ रनको म्याच विनिङ पारी खेले। उनीलाई सन्दीप लामिछानेले एलबीडब्लू गरि पेभेलियन फर्काइदिएका थिए।

१८.२ ओवरमा बारबाडोस् ले ३ विकेट गुमाउदै लक्ष्य भेट्टायो। बार्बाडोसका लागि कार्टरले अविजित ४४ बलमा ४२ रनको पारी खेले। त्यस्तैगरि मिचेल स्यान्टनरले अविजित २१ बलमा ३५ रन जोडे।

जमैकाको बलिङतर्फबाट संदीप, थोमस र म्याक स्वीनले १/१ विकेट हात पारेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार